ओमदेवी सहकारी क्षेत्रलाई चाहिने मान्छे हो, अरु कांग्रेस भन्दा यिनै काम लाग्छिन् भन्दै केशव बडाल लगायतका नेताले पार्टीभित्र लबिङ गरेको स्रोतले जनाएको छ । ओमदेवीले एक प्रहरी अधिकृतसँग गुपचुप दोस्रो बिहे गरेको खबर आएपछि एमालेका नेताहरुबीच उनको बारेमा बहसनै चलेको साँघु साप्ताहिकमा खबर छ ।
एक जमघटमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहराले पार्टीका नेता कार्यकर्ता तथा सभासदहरुबीच भनिहालेछन्-‘अनि त्यो केशव बडालले त ओमदेवी साह्रै काइदाकी छिन्, उनैलाई उपाध्यक्ष बनाउनुपर्छ भन्थ्यो त, अहिले के भन्छ सोध्नु न ।’ बोहराले सोध्नु भने पनि बडाललाई त्यो प्रश्न सोध्ने केाही निस्किएन । हालै नवौं महाधिवेशनमा बोहरासँगै बडालले अनुशासन आयोगको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
ओमदेवीको बिहेको खबरसँगै राष्ट्रिय सहकारी बैंकमा पनि खैलाबैला मच्चिएको छ । ओमदेवीले बैंकबाट लिएको ५ करोड ऋण डुब्ने चिन्ता उनीहरुलाई छ







0 comments:
Post a Comment