भदौ, काठमाडौं । चारवटा संस्था आपसमा गाभिएर बनेको प्रभू बैंकले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सुभारम्भ गरे ।
‘क’ वर्गको किष्ट बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको प्रभू विकास बैंक, क्षेत्रियस्तरको गौरीशंकर विकास बैंक र ‘ग’ वर्गको जेनिथ फाइनान्स गाभिएर प्रभू बैंक बैंक बनेको हो ।
बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकले निकट भविष्यमै अर्को एक संस्था खरिद गर्ने घोषणा गरे । ‘प्रभू बैंकले तत्काल अझै एक संस्था एक्वायर (खरिद) गर्ने तयारी गरिरहेको छ’ भट्टचनले भने- गभर्नरसापको कार्यकालमै अनुमति दिनुपर्यो । मर्जरको प्रक्रिया लामो भएकाले आफूहरुले एक्वायर रोजेको उनले बताए ।
त्यसैगरी आगामी केही वर्षमा प्रभु बैंकले विदेशी बैंकलाई जोइन्ट भेञ्चर (संयुक्त लगानी) को रुपमा भित्र्याउने पभि भट्टचनले बताए ।
‘मर्जरमा सहभागि चारवटै संस्थाहरुको गत असार मसान्तको वित्तीय विवरण प्रकाशित भइसकेको छ, त्यसलाई एकीकृत गर्दा अहिले पनि बैंक नाफामा छ’ उनले भने- तर, यो वर्ष बैंकले राम्रो नाफा कमाउने हाम्रो विश्वास छ






0 comments:
Post a Comment