display

Page 1 of 2:1 2 »


Tuesday, February 17, 2015

रुपन्देहीमा कुटपीटबाट ६९ वर्षीय बृद्धको मृत्यु

५ फागुन, रुपन्देही । रुपन्देहीको सूर्यपुरा ७ का ६९ वर्षीय बद्रि कलवारको छिमेकीको कुटपीटबाट मृत्यु भएको छ । खेतमा घाँस काटेको विषयमा भएको विवादपछि कुटपीट हुँदा कलवारको मृत्यु भएको हो । स्थानीय शम्भु बराई र उनकी श्रीमतीले संगीताले कलवारलाई हिँजो साँझ कुटपीट गरेका थिए । कुटपीटबाट घाइते कलवारको अस्पताल लैजाँदा लैजाँदै मृत्यु भएको थियो । शम्भु फरार छन् । उनकी श्रीमती संगीतालाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी ईन्चार्ज नरेश्वर अर्यालले जानकारी दिए । शम्भु र संगीताका १० वर्षीय छोरा विशाल र कलवारबीच हिँजो दिउँसो घाँस काट्ने क्रममा खेतमा झगडा भएको थियो । आफ्नो छोरालाई गाली गरेको भन्दै उनीहरुले ६९ वर्षीय कलवारलाई कुटपीट गरेका थिए । कुटपीटबाट मृत्यु भएका कलवारको शव भैरहवाको भीम अस्पतालमा राखिएको छ ।

सर्वोच्च नेताले विदेशमन्त्रीलाई भने-नचिच्याउ, मुस्कुराउ

आणविक कार्यक्रम सम्बन्धि अन्तराष्ट्रिय वार्ताहरुमा मुस्कुराएर प्रस्तुत हुन र बढि नचिच्याउन विदेश मन्त्रीका नाममा आदेश जारी भएको छ । इरानका सर्वोच्च धार्मिक नेता अयतुल्लाह अलि खमेनीले विदेश मन्त्री मोहम्मद जाभेद जरिफलाई वार्ताका क्रममा आफ्ना कुरा राख्दा उत्तेजित भएर चिच्याउनुको साटो मुस्कुराउँदै आफ्ना कुरा राख्न सुझाव दिएका बीबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्री जोन केरी सँग केही समयअघि भएको भेटवार्ताका क्रममा जाभेद ठूलो स्वरमा प्रस्तुत भएको घटनातर्फ संकेत गर्दै सर्वोच्च नेताले अबका भेटवार्तामा कडा स्वर नगराउन विदेश मन्त्रीलाई सल्लाह दिएको बताइएको छ । अमेरिकी विदेशमन्त्रीसँगको भेटवार्तामा जाभेद चर्को स्वरमा बोल्न थालेपछि उनका बडीगार्डहरुलाई आपत परेको थियो । आफुलाई सर्वोच्च नेताले नचिच्याउन सल्लाह दिएको कुराको खुलासा विदेशमन्त्री जाभेद आफैले गरेका हुन् । हालै एक विद्यालयको भ्रमणका क्रममा उनले विद्यार्थीहरुसँग यो कुराको खुलासा गर्दै ‘सर्वोच्च नेताले आफुलाई तिमी बैठकमा किन चिच्यायौ ? बैठकहरुमा समेत तिमी अघिबछि जस्तै मुस्कुराउ र आफ्ना कुरा राख’ भनेर सुझाव दिएको बताए । साथै सर्वोच्च नेताले आफुलाई तर्क सहित बोल्न र झगडा नगर्न सुझाव समेत दिएको उनले खुलासा गरेका छन् । इरानको आणविक कार्यक्रमका विषयमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, रुस तथा चीन सम्मिलित ६ देश सम्मिलित संयन्त्र तथा इरानबीच आउँदो जुन ३० सम्ममा अन्तिम सहमति हुने विश्वास गरिएको छ । अन्तराष्ट्रिय समुदाय सँगको वार्तामा भद्र तथा संयमित ढंगले प्रस्तुत हुनका लागि सर्वोच्च नेताले विदेश मन्त्रीलाई दिएको सुझावले इरान आणविक कार्यक्रमका विषयमा गम्भीर रहेको प्रष्ट हुन्छ ।

थाइल्याण्डका धेरै नवयौवना जोडीहरुको लागि भ्यालेन्टाइन डे सेक्सको पहिलो अनुभव गर्ने दिनको रुपमा रहँदै आएको छ । तर यो पटक भने यौनको स्वाद चाख्ने तयारीमा रहेका युवा युवतीहरुलाई मन्दिर दर्शन गर्न जान अपिल गरियो । यसका साथै राजधानी बैंककमा स्वास्थ्यकर्मीहरुले अस्पताल तथा क्लिनिकहरुमा सित्तैमा कण्डम वितरण गरे । भ्यालेन्टाइन डे बाट सुरु भएको निशुल्क कण्डम वितरणको यो अभियान अन्तरगत थाइल्याण्डमा यो वर्ष निशुल्क रुपमा ३५ लाख गोटा कण्डम वितरण गरिनेछ । त्यो परिमाणका कण्डमको मुल्य झण्डै डेढ करोड रुपैयाँ पर्छ । किशोरावस्थाको गर्भाधारण निकै उच्च दरमा वृद्धि हुन थालेपछि यस्तो निशुल्क कण्डम वितरणको उपाय अपनाइएको हो, त्यो पनि भ्यालेन्टाइन डे जस्तो रंगिलो दिनको अवसर पारेर । किशोरावस्थाको गर्भाधारणको मामिलामा विश्वका अन्य देशभन्दा अगाडि रहेको थाइल्याण्डमा वर्षेनी हरेक १ हजार जनामा ५४ जना युवतीहरु १५ देखि १९ वर्षको उमेरमा आमा बन्दछन् । सन् २०१४ मा बैंककमा देखिएका १ हजार ८२४ जना एचआइभी संक्रमित मध्ये ५५.४ प्रतिशत मानिस २५ वर्षभन्दा कम उमेरका थिए । सेक्स पर्यटनका लागि समेत कुख्यात रहेको थाइल्याण्डमा किशोर किशोरीहरुमा सानै उमेरदेखि नै असुरक्षित यौन क्रियाकलापमा सहभागी हुने तथा किशोरीहरुले गर्भाधारण गरी बच्चा जन्माउने दर बढिरहेको र भ्यालेन्टाइन डे का अवसरमा यस्तो कार्य झनै चरम सीमामा पुग्ने देखिएपछि त्यहाँको संस्कृति मन्त्रालयले एक नाराको प्रतिपादन गरेर अभियान नै चलायो । त्यो नारा थियो, भ्यालेन्टाइनको दिन केवल भोजन मात्रै । प्रेमजोडीहरुका लागि सरकारको आग्रह थियो, भ्यालेन्टाइन डे का दिन सँगै भोजन गर अनि सुरुक्क आफ्नो घरतिर जाउ । तर जसले यहीँ दिन विवाह बन्धनमा बाँधिन चाहन्छन् उनीहरु भने भोजनपछि यौनकार्यमा सहभागी हुन कुनै निरुत्साहन गरिएन ।

Saturday, February 14, 2015

कैदी महिलाले गरे जेलभित्रै सेक्स पार्टी, गार्डलाई लठ्याएर सामूहिक ‘जेल ब्रेक’

जेलभित्रै सेक्स पार्टीको आयोजना गरी जेलका सुरक्षा गार्डलाई रक्सी खुवाई बेहोस पारेर तिनजना महिलाहरु जेलबाट भाग्न सफल भएका छन् । आफुमात्र होइन, उनीहरुले अन्य २८ जना कैदीलाई समेत जेलबाट भगाउन सफल भएका छन् । ब्राजिलमा घटेको यो अनौठो सामूहिक जेल ब्रेकको घटना अहिले खुबै चर्चित बनेको छ । ब्राजिलको कुइआबस्थित नोभा मुटुम सार्वजनिक कारागारमा रहेका तिनजना सुरक्षा गार्डलाई आफ्नो सेक्सी पहिरनले काबुमा पारेर सेक्स पार्टीको आयोजना गरेपछि ती महिलाहरुले सुरक्षा गार्डहरुलाई कमसल खालको हि्वस्कीमा लठ्याउने वस्तु मिसाएर खुवाई जेलब्रेक गर्न सफल भएका हुन् । रातको समयमा जेलका सबै कैदी भागेपछि अर्को बिहान जेलमा पुग्दा तिनजना सुरक्षा गार्डहरुलाई नांगै बनाएर हात बाँधिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । समाचार अनुसार रातको तिन बजे तिनजना बन्दी महिलाहरु निकै सेक्सी अन्तरवस्त्रमा ठाँटिएर जेलको सुरक्षार्थ खटिएका वार्डेनहरुसामु आए । उनीहरुले आफुहरुको सेक्स पार्टीमा सहभागी हुन गार्डहरुलाई निम्तो दिए । ती कामूक महिलाहरुको सेक्सिलो आग्रहलाई नकार्न सकेनन् गार्डहरुले । उनीहरु आफ्नो पोष्ट छाडेर कैदी महिलाहरुले आयोजना गरेको रक्सीयुक्त सेक्स पार्टीमा सहभागी हुन भित्र छिरे । सुरक्षा गार्डहरुलाई काबुमा पारेपछि उनीहरुले लठ्याउने पदार्थ मिसाएको रक्सी खुवाए । त्यसपछि गार्डहरु बेहोस बनेर ढल्न थालेपछि उनीहरुले तिनै जनालाई नांगै पारे र हात पछाडि लगेर बाँधिदिए । त्यस लगत्तै उनीहरुले जेलको साँचो हात पारेर जेलका सबै कोठाहरु खोली आफुसँगै अन्य कैदीहरुलाई समेत भगाए । कैदीहरुले जेलबाट भाग्दा जेलमा राखिएका हतियार र गोलीगठ्ठा समेत चोरेर भागेका छन् । प्रहरीले जेलभित्रबाट महिलाका विभिन्न सेक्सी अन्तरवस्त्रहरु तथा पुलिस युनिर्फम समेत फेला पारेको छ । प्रहरीले कैदी महिलाको काबुमा परेर जेलका सबै कैदी भगाएको आरोपमा तिनै जना गार्डलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ । यसैबीच जेलबाट भागेका २८ मध्ये ८ जना कैदीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

रेखा र झरनाको भाग खोस्दै सञ्चिता

काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ३’ वाट चलचित्रमा पुनः प्रवेश गरेकी सञ्चिता लुइटेल म्युजिक भिडियोमा समेत ब्यस्त हुन थालेकी छिन् । भुषण दाहाल निर्देशित हेमन्त शर्माको गीतको भिडियोमा अभिनय गरेकी सञ्चितालाई अन्य भिडियो निर्देशकले समेत आाखा लाउन थालेका छन् । दुई छोराकी आमा सञ्चिताले उक्त भिडियोमा सुरज सिंह ठकुरीको प्रेमिका बनेर अभिनय गरेकी छिन् । तर, उनको जीउडाल हेर्दा उनी दुई छोराकी आमा हुन भन्ने लाग्दैन् । अभिनेता निखिल उप्रेतीसाग बिबाह गरेपछि गायब भएकी सञ्चिता छोराहरु स्कूल जान थालेपछि पुनः अभिनयमा सक्रिय हुन थालेकी छिन् । झरना र रेखाको भाग खोस्दै नव नायिकासाग उनको प्रतिस्पर्धा नभए पनि पुरानी नायिका झरना थापा र रेखा थापासाग उनको तीब्र प्रतिस्पर्धा हुने भएको छ । झरना वा रेखालाई लिएर फिल्म बनाउने योजनामा रहेका केही निर्माताहरु अहिले सञ्चितालाई अभिनय गराउने योजनामा छन् । फिल्मकर्मीहरुका अनुसार झरनापछि काम गर्न सहज नायिका हुन् सञ्चिता । प्राविधिकदेखि निर्देशकसाग समेत राम्रो ब्यबहार गर्ने सञ्चिता प्राविधिकहरुका विचमा समेत लोकप्रिय छिन् ।

आज ‘मेघ गर्जनसहित पानी पर्ने र हिमपात हुने’

३ फागुन, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लाको मौसममा बदली भएको छ । पूर्वी, मध्ये र पश्चिम क्षेत्रका केही जिल्लामा मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली जिल्लाहरुमा भने हिमपात हुने मौसमविद सुवास रिमालले जानकारी दिए । केही दिनदेखि काठमाडौंको उपत्यकामा बादल लागेकोले चिसो बढेको छ । मौसमविद रिमालका अनुसार यो अवस्था भोलीसम्म पनि जारी रहने छ । पर्सिदेखि मौसममा सुधार आउने अनुमान गरिएको छ । पानी नपरेसम्म मौसम सफा नहुने मौसमविदको भनाइ छ ।