२४ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीसँग नेपालका लागि भारतीय राजदूत रन्जित रेले भेटवार्ता गरेका छन् । एमाले अध्यक्ष ओली र मधेसी मोर्चाबीचको वाकयुद्व चुलिरहेका बेला भारतीय राजदूत बालकोट पुगेका हुन् । भेटमा भारतीय राजदूत रेले संविधान निर्माणका क्रममा भइरहेका वार्ता र सहमतिको प्रयासबारे चासो राखेको ओली निकट स्रोतले जनाएको छ । ओलीले समथर भूभाग जति सबै मधेश प्रदेश हुन नसक्ने भन्दै बुधबार चार दलको बैकमा यूपी र बिहारलाई पनि मधेश प्रदेश बनाउने ? भन्दै मधेशवादी दलका नेताहरुलाई कटाक्ष गरेका थिए । ओलीले आफूहरुको अपमान गरेको भन्दै मधेसी मोर्चाले एमाले सम्मिलित वार्तामा सहभागी नहुने अडान लिएको छ । तर, ओलीले भने कुनै हालतमा माफी नमाग्ने अडान लिएका छन् । भारतीय राजदूतसँगको भेटमा एमाले अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा जानकारी गराउँदै सहमतिका लागि आफूहरु हदैसम्म लचिलो भएको बताएका छन् । उनले सहमति भए पनि नभए पनि माघ ८ मा संविधान ल्याउनुपर्ने बताएको उनका सहयोगीले बताए । ओलीले सकेसम्म सहमतिमै नत्र अत्यधिक बहुमतबाट संविधान ल्याउने बताए ।
Thursday, January 8, 2015
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment