display

Page 1 of 2:1 2 »


Wednesday, April 29, 2015

एन्ड्रोइड मोबाइलमा ह्वाट्स एपको भ्वाईस कलिङ सुविधा

चर्चित मोबाइल म्यासेजिङ सेवा ह्वाटस् एपले आफ्नो एन्ड्रोइड एप्स प्रयोग गर्ने सबै मोबाइलमा भ्वाईस कल सुविधा शुरु गरेको छ । यो सँगै ह्वाटस् एप प्रयोग गर्ने ग्राहकहरुले अर्काे ग्राहकसँग सिधै भ्वाइस कल गर्नसक्ने छन् । यसका लागि ग्राहकले ह्वाटस् एपको लेटेस्ट एप डाउनलोड गर्नुपर्ने छ । कम्पनीले यो सेवा सुरु गरेपनि यो दीर्घकालका लागि हो या छोटो अवधिका लागि भन्ने बारेमा भने केही बताएको छैन । कम्पनीले केही सेवाग्राहीमा गरेको परीक्षण अभ्यास पश्चात सबै ग्राहकहरुका लागि यो सुविधा सुरु गरेको हो । कम्पनीले यो सेवा सुरु गरिसकेको बताएपनि आइफोन, विन्डोज फोन लगाएतका फोनमा भने यो सुविधा सुरु भइसकेको छैन । यो सेवा सुरु गरिसकेपछि ग्राहकले आफ्नो मोबाइल स्क्रीनमा केही फरकपन महसुस गर्नेछन् । यसका लागि कम्पनीले स्क्रिनमा ह्वाटस् एपका कन्ट्याक्स, कल लग र अन गोइन्ङ कलको विवरण देखिने व्यवस्था गरेको जनाएको छ । ह्वाटस् एपको भ्वाईस कल सुविधा भाईबर, वि च्याट लगाएतका एप्समा जस्तै हुने छ । २०१५ जनवरीसम्म ह्वाटस् एप प्रयोग कर्ताहरुको संख्या सात सय मिलियन रहेको कम्पनीले जनाएको छ ।

0 comments:

Post a Comment