भक्तपुर, बैशाख १६ – गत शनिबारको बिनाशकारी भुकम्पमा परी घाइते भएकाहरुले समयमा नै उपचार पाउन भन्दै पाकस्तानी सरकारको पहलमा पाकिस्तानी सेनाले अस्थाई अस्पतालको निर्माण गरेको छ ।
भक्तपुरको सैनिक महाविद्यालय परिसरमा रहेको उक्त अस्थाई अस्पतालमा सुविधा सम्पन्न अस्पताल सरह घाईतेको उपचार गर्न सकिने व्यवस्था रहेको पाकिस्तानी सेनाका डाक्टर कर्णेल अलीले जानकारी दिएका छन् ।
नेपालको लागि पाकिस्तानका राजदुत अर्सद साउद खोसाले बुधबार उक्त अस्पतालको निरीक्षण गरेको गरेका छन् ।
निरीक्षण पश्चात संञ्चारकर्मीहरु संग बोल्दै राजदुत अर्सद नेपालमा आएको विनाशकारी भूकम्पको यो दुखद् घडीमा पाकिस्तान सरकारले सक्दो सहयोग गर्ने बताए ।
उनले भने, “संम्भव भए सम्म भोली थप दुइ हवाई जहाजमा थप राहतका सामाग्री आउँछ ।” त्यसमा अति आवश्यक सामाग्रीहरु त्रिपाल, कम्बल, खाना, पानी र औषधि हुने उनले बताए ।
Wednesday, April 29, 2015
पाकिस्तानी सेनाद्वारा भक्तपुरमा अस्थायी अस्पताल निर्माण
10:13 AM
No comments
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment