display

Page 1 of 2:1 2 »


Friday, May 1, 2015

राहत सहयोग आउने क्रम जारी, कुन देशको राहत कति ?

१८ वैशाख, काठमाडौ । विनाशकारी भूकम्पबाट महाविपत्तिमा परेको नेपाललाई विभिन्न देशहरुबाट सहयोग आउने क्रम जारी रहेको छ । भूकम्प पीडितहरुको राहतका लागि भन्दै छिमेकी राष्ट्र भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायतका देशहरुले राहत सामग्रीहरु पठाएका छन् ।

गृह मन्त्रालयको तथ्याङअनुसार भारतबाट पानी ५ सय १३ कार्टुन, रोटी र अचार तीन सय ९० कार्टुन पठाएको छ भने बैंगलादेशबाट १५ हजार ६ सय ६ लिटर पानी, पाकिस्तानले तयारी खाना १४० कार्टुन र रासन ब्याग एक सय कार्टुन पठाएको छ । थाइल्याण्डले तयारी खाना २० कार्टुन पठाएको छ । चीनले एक हजार एक सय १५ थान त्रिपाल राहतका लागि पठाएको
छ । जसमा ठूलो त्रिपाल चार सय ६६ र सानो त्रिपाल ६ सय ४९ थान रहेका छन् । बंगलादेशबाट २ सय ८६ थान तथा पाकिस्तानबाट दुई सय ४१ थान त्रिपाल सहयोग आएको छ । विदेशबाट सहयोग घोषणा नेपालमा परेको विपद ब्यवस्थापनका लागि विभिन्न देशहरुबाट राहत सामग्रीहरु आउने क्रमसँगै विभिन्न देशले आर्थिक सहयोगको समेत घोषणा गरिरहेका छन् । भूकम्प गएको भोलिपल्ट नै आएर भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले १० करोड रुपैया सहयोग प्रदान गरे । बेलायती अभिनेत्री जोअन्न लुम्लेले विपद् ब्यवस्थापनका लागि अभियान नै चलाएर तीन अर्ब रुपैयाँ सहयोगको घोषणा गरेकी छन् । यस्तै, राष्ट्र संघले एक अर्ब ५० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ भने हङकङ सरकारले ६५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । यसैगरी क्यानडाले ५० करोड, नर्वेले ४० करोड, कतारले ३२ करोड रुपैयाँ तथा एशियाली विकास बैंक (एडीबी)ले ३० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । भूकम्प प्रभावित जिल्लामा सरकारले अहिलेसम्म ५८ करोड ६८ लाख रुपैयाँ पठाएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए ।

0 comments:

Post a Comment