display

Page 1 of 2:1 2 »


Saturday, May 2, 2015

‘कोहिनुर’ प्रदर्शनबाट उठेको रकम भूकम्प पीडितलाई

काठमाडौं । नायिका स्वेता खड्काले अमेरिकामा नेपाली चलचित्र कोहिनुर प्रदर्शनबाट उठेको रकम नेपालका भूकम्प पीडितहरुलाई सहयोग गर्ने घोषणा गरेकी छन् । कोहिनुर प्रदर्शन तथा उपचारको सिलसिलामा अमेरिकामा रहेकी नायिका स्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत कोहिनुर प्रदर्शनको रकम भूकम्प पीडितलाई दिने घोषणा गरेकी हुन् । नायिका स्वेता र उनका पति नायक स्व.श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म कोहिनुर अहिले विभिन्न देशमा प्रदर्शन गर्ने क्रममा अमेरिकामा प्रदर्शन भइरहेको छ । उनले फेसबुकमार्फत आफूले बल्ल बल्ल सम्हाल्न खोजेको मन भूकम्पका कारण च्यातिएको भन्दै आफू यसबाट दु्ःखी रहेको बताएकी छन् । उनले भूकम्पको क्षतिको यो दुःखद क्षणमा सहयोग गर्न सबै नेपालीलाई अनुरोध पनि गरेकी छन् ।

0 comments:

Post a Comment