२७
जेठ, काठमाडौं
। विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका क्रममा एउटा ट्याक्सीमाथि
तोडफोड भएको छ । कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका
बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । बिहान कलंकी जान ट्याक्सी
रोकेका दुई जनामध्ये एकले वार्गेनिङ गरेको र अर्को व्यक्तिले ट्याक्सिमा पेट्रोल
खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ । आगो लाग्न सुरुगरेसँगै चालक बाहिरिएका थिए
। आगजनीका कारण ट्याक्सीमा क्षति पुगेको छ ।नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले
आयोजना गरेको बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । सवारी साधन नचल्दा
गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् । भाडाका सवारी साधान नचलेपनि
निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहको प्रहरीले जनाएको छ । सडकमा
बन्दकर्ताको उपस्थिति छैन । चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ ।






0 comments:
Post a Comment