काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नारायण मर्हजनले राष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
अब राष्ट्रपतिमा सत्तारुढ उम्मेदवार विद्या भण्डारी र कांग्रेसका कुलबहादुुर गुरुङबीच प्रतिस्पर्धा हुनेछ । भोलि संसदमा राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।
राष्ट्रपतिमा नेमकिपाको पनि उम्मेदरवारी परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु नारायणमान विजुक्छेको निवासमा पुगेका थिए ।
छलफलमा एमालेले सहयोगको आग्रह गरेपछि नेमकिपाले उम्मेदवारी फिर्ता लिएको छ । ‘प्रधानमन्त्रीले सल्लाह गरेर जान चाहन्छौं भन्नु भयो’ नेमकिपाका सभासद प्रेम सुवालले भने-‘देश र जनताको हितमा काम गर्ने हो भनेपछि हामी उम्मेदवारी फिर्ता लियौं ।







0 comments:
Post a Comment