display

Page 1 of 2:1 2 »


Wednesday, March 1, 2017

कवाडीको कुर्सीले रातारात मालामाल !

भाग्यमा छ भने डोकोमा दुध दुहेर पनि अडिन्छ भन्ने उखानै छ । तालुमा आलु फल्यो भने मान्छेको किस्मत बदलिन बेर लाग्दैन । यस्तै भएको छ अमेरिकामा एक जनालाई ।एंगस नामका ती पुरुषले सायद सपनामा पनि सोँचेका थिएनन् की आफु एक दिन करोडपति बन्छु भन्ने । तर जे हुनु थियो भएरै छाड्यो ।  एंगसले १० वर्ष पहिले झण्डै ८ सय रुपैयाँ बराबरको मूल्य तिरेर एउटा पूरानो कुर्सी किनेका थिए । तर कुर्सी मर्मत गर्न आफुसँग धन नभएपछि उनले त्यो कुर्सी त्यसै थन्क्याएर राखे स्टोर रुममा । तर ६ वर्षपछि खल्तीमा यसो पैसा भएको बेला जब उनले उक्त कुर्सी मर्मत गर्नका लागि निकाले, उनी तिनछक परे । उक्त कुर्सीभित्र त करोडौँ मूल्य पर्ने हिराका गहनाहरु लुकाइएको रहेछ । उनले ती गहना हत्तपत्त निकाले र लुकाइहाले ।उनले गहना भेटिएको कुरा सुरुमा आफ्नी पत्नीलाई पनि बताएनन् । बिहेको एनिभर्सरीमा पत्नीलाई हिराको औँठी सरप्राइज उपहार दिए र गहना भेटिएको कुरा बताए ।

0 comments:

Post a Comment