आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणको चुनाव बैशाख ३१ र दोस्रो चरणको चुनाव जेठ ३१ गते हुनेछ । अब प्रदेश नम्बर २, ४ र ६ मा पहिलो चरण अर्थात बैशाख ३१ गते हुनेछ भने प्रदेश नम्बर १, २, ५ र ७ मा भने दोस्रो चरण अन्तरगत जेठ ३१ गते निर्वाचन हुनेछ ।मन्त्रिपरिषद् बैठकले पहिलो चरणको चुनावको उम्मेदवारी दर्ताको मिति केही दिन पर सार्न समेत निर्वाचन आयोगसँग आग्रह गरेको छ । बैशाख ३१ को चुनावका लागि निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्बजनिक गरेको छ, जस अनुसार उम्मेदवारी दर्ताको समय बैशाख १६ गते तोकिएको छ । तर, अब बैशाख १९ गते तोकिने स्रोतले जनाएको छ ।सरकारले भोलि निर्वाचन आयोगसँग थप परामर्श गर्ने तयारी समेत गरेको छ ।






0 comments:
Post a Comment