सैनिकको ड्युटी कडा हुने हुँदा
कहिलेकाहीँ निरन्तरको ड्युटीका कारण नुहाइ धुवाइँ गर्न पनि मौका नमिल्न सक्छ, लामो समयसम्म । यस्तोमा जिउमा लगाएका कपडा, अझ भित्री वस्कै मैलो हुने र गन्हाउने जोखिम हुन्छ । दुनियाका धेरै ठाउँमा लडाइँ गर्नु परिरहेकाले पनि होला अमेरिकाले
चाहीँ आफ्ना सैनिकको यो समस्यालाई बढि बुझेको छ । त्यसैले उसले आफ्ना सैनिकका लागि
गज्जबका कट्टु आविष्कार गरेको छ ।अमेरिकामा सैनिकलाई यस्ता कट्टु दिइन्छ जो धुनै
पर्दैन अर्थात् आफै सफा हुन्छ ।खासगरी मरुभूमि क्षेत्रमा खटिने सैनिकलाई ध्यानमा
राखी यस्तो कट्टु बनाइएको हो, जहाँ धूलो तथा
पसिनाका कारण सैनिकहरुलाई ब्याक्टेरियाको संक्रमण हुने खतरा धेरै हुन्छ । यी विशेष
कट्टुलाई नधोइकन पनि हप्तौँ सम्म लगाउन सकिन्छ ।






0 comments:
Post a Comment