display

Page 1 of 2:1 2 »


Tuesday, February 17, 2015

सर्वोच्च नेताले विदेशमन्त्रीलाई भने-नचिच्याउ, मुस्कुराउ

आणविक कार्यक्रम सम्बन्धि अन्तराष्ट्रिय वार्ताहरुमा मुस्कुराएर प्रस्तुत हुन र बढि नचिच्याउन विदेश मन्त्रीका नाममा आदेश जारी भएको छ । इरानका सर्वोच्च धार्मिक नेता अयतुल्लाह अलि खमेनीले विदेश मन्त्री मोहम्मद जाभेद जरिफलाई वार्ताका क्रममा आफ्ना कुरा राख्दा उत्तेजित भएर चिच्याउनुको साटो मुस्कुराउँदै आफ्ना कुरा राख्न सुझाव दिएका बीबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्री जोन केरी सँग केही समयअघि भएको भेटवार्ताका क्रममा जाभेद ठूलो स्वरमा प्रस्तुत भएको घटनातर्फ संकेत गर्दै सर्वोच्च नेताले अबका भेटवार्तामा कडा स्वर नगराउन विदेश मन्त्रीलाई सल्लाह दिएको बताइएको छ । अमेरिकी विदेशमन्त्रीसँगको भेटवार्तामा जाभेद चर्को स्वरमा बोल्न थालेपछि उनका बडीगार्डहरुलाई आपत परेको थियो । आफुलाई सर्वोच्च नेताले नचिच्याउन सल्लाह दिएको कुराको खुलासा विदेशमन्त्री जाभेद आफैले गरेका हुन् । हालै एक विद्यालयको भ्रमणका क्रममा उनले विद्यार्थीहरुसँग यो कुराको खुलासा गर्दै ‘सर्वोच्च नेताले आफुलाई तिमी बैठकमा किन चिच्यायौ ? बैठकहरुमा समेत तिमी अघिबछि जस्तै मुस्कुराउ र आफ्ना कुरा राख’ भनेर सुझाव दिएको बताए । साथै सर्वोच्च नेताले आफुलाई तर्क सहित बोल्न र झगडा नगर्न सुझाव समेत दिएको उनले खुलासा गरेका छन् । इरानको आणविक कार्यक्रमका विषयमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, रुस तथा चीन सम्मिलित ६ देश सम्मिलित संयन्त्र तथा इरानबीच आउँदो जुन ३० सम्ममा अन्तिम सहमति हुने विश्वास गरिएको छ । अन्तराष्ट्रिय समुदाय सँगको वार्तामा भद्र तथा संयमित ढंगले प्रस्तुत हुनका लागि सर्वोच्च नेताले विदेश मन्त्रीलाई दिएको सुझावले इरान आणविक कार्यक्रमका विषयमा गम्भीर रहेको प्रष्ट हुन्छ ।

0 comments:

Post a Comment