५ फागुन, रुपन्देही । रुपन्देहीको सूर्यपुरा ७ का ६९ वर्षीय बद्रि कलवारको छिमेकीको कुटपीटबाट मृत्यु भएको छ । खेतमा घाँस काटेको विषयमा भएको विवादपछि कुटपीट हुँदा कलवारको मृत्यु भएको हो । स्थानीय शम्भु बराई र उनकी श्रीमतीले संगीताले कलवारलाई हिँजो साँझ कुटपीट गरेका थिए । कुटपीटबाट घाइते कलवारको अस्पताल लैजाँदा लैजाँदै मृत्यु भएको थियो । शम्भु फरार छन् । उनकी श्रीमती संगीतालाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी ईन्चार्ज नरेश्वर अर्यालले जानकारी दिए । शम्भु र संगीताका १० वर्षीय छोरा विशाल र कलवारबीच हिँजो दिउँसो घाँस काट्ने क्रममा खेतमा झगडा भएको थियो । आफ्नो छोरालाई गाली गरेको भन्दै उनीहरुले ६९ वर्षीय कलवारलाई कुटपीट गरेका थिए । कुटपीटबाट मृत्यु भएका कलवारको शव भैरहवाको भीम अस्पतालमा राखिएको छ ।
Tuesday, February 17, 2015
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment