शीर्षक पढ्दैमा हाँसो उठ्यो होला होइन ? नउठोस् पनि किन ? सैनिकका लागि अर्गानिक पेन्टी भन्ने कुरा आफैमा कस्तो कस्तो लाग्छ सुन्दैमा । तर तपाइँलाई सुन्दैमा अप्ठेरो लागेर के गर्नु ? अब नर्वेका सैनिकले अर्गानिक पेन्टी लगाउने भएका छन् । हो, नर्वेको सेना अब वातावरणमैत्री हुँदैछ, पेन्टी प्रयोगको हकमा । पेन्टी मात्र होइन, महिला सैनिकका लागि ब्रा पनि अर्गानिक नै बनाइनेछन् । हालै नर्वेको राष्ट्रिय सेनाको पोशाक विभागले वातावरणमैत्री कपडा उत्पादन गर्ने एक कम्पनीसँग सम्झौता गरेको छ । त्यस अनुसार अब उक्त कम्पनीले सैनिकका लागि अर्गानिक कटनबाट बुनिएका पेन्टी तथा ब्रा उत्पादन गरेर आपूर्ति गर्नेछ । सैनिक प्रवक्ता सिमेन रुडीका अनुसार यो निकै महान कार्य हो र यी अर्गानिक पेन्टी तथा ब्रा को परीक्षणका क्रममा निकै असल पाइएको छ । अर्गानिक भित्रीवस्त्रहरु फिल्डमा खटिने सैनिकका लागि निकै महत्वपूर्ण हुने दाबी उनले गरेका छन् । स्थानीय पत्रिकाका अनुसार अर्गानिक कपासका लत्ताकपडा तयार पार्ने कम्पनीले अब सेनाका लागि वर्षेनी ५० हजार पिस भित्री वस्त्र बेच्नेछ । अर्गानिक कपास भनेको रासायनिक मल तथा किटनाशक औषधिको प्रयोग नगरीकनै उत्पादन गरिएको कपास हो । वातावरणवादी संस्थाहरुले पनि अर्गानिक कपासका पेन्टी लगाउने निर्णय गरेर सेनाले वातावरण संरक्षणमा अविस्मरणीय काम गरेको बताएका छन् ।
Saturday, September 5, 2015
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment